नेकपा माओवादी केन्द्रका नेता गणेश साहले पार्टी परित्याग गरेको घोषणा गरेका छन्।
एउटा टेलिभिजनमा अन्तर्वार्ता दिँदै उनले आफूले नेकपा माओवादी केन्द्र छाडेको घोषणा गरेका हुन्। केन्द्रीय समिति भंग हुनअघि उनी माओवादी केन्द्रको सचिव थिए।
साहले आफू ७५ वर्ष पुगिसकेको कारण राजनीतिबाट अवकास लिँन पार्टी छाडेकाे बताएका छन्। जेनजी आन्दोलनको भावनालाई ख्याल गर्दै आफूले राजनीतिबाट अवकाश लिएको उनको भनाई छ।
उनले अब आफू माओवादीको सदस्य नरहेको र कुनै पनि राजनीतिक दलमा नलाग्ने पनि घोषणा गरेका छन्।
पूर्वमन्त्री समेत रहेका साह विष्णुबहादुर मानन्धर नेतृत्वकाे नेकपा संयुक्तबाट एकता प्रक्रियामार्फत माओवादी केन्द्रमा आएका थिए।
375
Shares

प्रतिक्रिया