ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा बुधबार सुरु नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक दोस्रो दिन आज (बिहीबार) पनि जारी छ।
अध्यक्ष केपी शर्मा ओलीले बुधबार प्रस्तुत गरेको विशेष राजनीतिक प्रतिवेदनमा आज बाँकी सदस्यले धारणा राखिरहेका छन्।

बैठकमा हरेक केन्द्रीय सदस्यलाई बोल्ने समय तीन मिनेट तोकिएको छ।
यसभन्दा बढी समय बोले स्वत: माइक काटिने व्यवस्था गरिएको छ।

बैठकमा वर्णानुक्रम ‘ज्ञ’बाट पालो मिलाइएको छ।

69
Shares

प्रतिक्रिया