कास्कीको पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नक्कली पेस्तोल देखाइ लुटपाट गरेको अभियोगमा पोखरा महानगरपालिका २० भलाम बस्ने पर्वत मोदी गाउँपालिका १ घर भएका २४ वर्षीय सुजन विकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले उनले प्रयोग गरेको ग १३ प ९८३२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको कास्कीका प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले बताए।
93
Shares

प्रतिक्रिया