सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेकोमा आपत्ति जनाउँदै आएको नेकपा (एमाले) निकट अखिल नेपाल किसान महासंघले काठमाडौंमा विरोध प्रदर्शन सुरु गरेको छ।
मंगलबार अपरान्ह महासंघको आह्वानमा काठमाडौंका तीनकुनेमा विरोध प्रदर्शनसहितको कोणसभा आयोजना गरिएको हो। सो सभामा बोल्दै महासंघका अध्यक्ष डा. प्रेम दंगालले सो आयोग सरकारले तत्काल पुनःस्थापना नगरे आन्दोलनको आँधिबेहरी सृजना गर्ने चेतावनी दिए।
उनले गरिब किसानको हितमा स्थापना गरिएको सो आयोग खारेज गरेपछि आफूहरु सडक आन्दोलनमा जानुपरेको पनि स्पष्ट पारे।
अध्यक्ष दंगालले भने, ‘अहिले विघटन गरिएको भूमि समस्या समाधान अयोग अविलम्ब पुनस्थापना गर। तिम्रो निर्णय अविलम्व खारेज गर। अन्यथा हामी सडक आइसकेका छौं। सरकारले राम्ररी सुने हुन्छ अखिल नेपाल किसान महासंघले आफ्ना ५ लाख सदस्यहरु उर्ताछ। र देशव्यापी आन्दोलन गरेर हामी त्यसको आँधिबेहरी सृष्टि गरेर यो निर्णय कुनै पनि हालतमा फिर्ता गराउनेछौं।’
प्रदर्शनीमा सरकारविरुद्ध चर्को नाराबाजी पनि गरिएको थियो।
Shares

प्रतिक्रिया