नेपाली कांग्रेसका नेता डा. चन्द्रकान्त भण्डारीले पार्टीले मुलुक विषम राजनीतिक संकटबाट गुज्रिरहेको भन्दै पार्टीले मुलुक, लोकतन्त्र र जनताको हितलाई पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन्।
मंगबार पार्टी केन्द्रीय सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन। उनले नेपाली कांग्रेसले मुलुक, लोकतन्त्र र नागरिक अधिकारलाई प्राथमकिता दिँदै आएको पनि बताए।
उनले मुलुकको वर्तमान राजनीतिक संकट र संवैधानिक विचलनको अवस्थाबाट कसरी अघि बढ्ने भन्नेबारे केन्द्रीय कमिटीको बैठकले ठोस निर्णय गर्ने पनि बताए। उनकाअनुसार बैठकले पार्टीको महाधिवेशन नियमित समयमा गर्ने कि सार्ने विषयमा समेत निर्णय गर्नेछ।
नेता भण्डारीले भने, ‘पार्टीलाई कस्तो बनाउँदा अहिलेको विषम परिस्थितिलाई हाँक्न सकिन्छ भन्नको लागि अहिले हामी केन्द्रीय समितिको बैठक शुरु गर्छौं। बैठकले निरन्तर महाधिवेशन वा विशेष महाधिवेशनको बारेमा टुंगो लाउँछौँ। अहिले नागरिक अधिकार अस्तव्यस्त भएको छ। संविधानको विचल्ली छ। त्यसका लागि संविधानको रक्षा गर्दै नागरिक अधिकार संस्थागत गर्नुपर्छ।’
उनले पार्टी सभापति शेरबहादुर देउवाले यसअघि नै नेतृत्व छोड्ने बताइसकेको उल्लेख गर्दै निश्चय पनि अगामी महाधिवेशनबाट पार्टीको नेतृत्व परिवर्तन हुने पनि बताए।
नेपाली कांग्रेसले अन्य राजनीतिक दलहरु र जेनजी पुस्ताहरूसँग समेत सल्लाह गरेर संविधानमा परिवर्तन गर्नुपर्ने उनको भनाइ छ।
उनले समानुपातिक सांसदहरुलाई कहाँ राख्ने र एउटै राजनीतिक दलको बहुमत कसरी आउनसक्छ भन्ने कुरालाई निकास दिनको लागि संसदबाट पास गर्नेगरी संविधान ब्युँताउन जरुरी रहेको बताए।
Shares

प्रतिक्रिया