राजनीति


तीनकुनेलाई ‘जेन्जी चोक’ घोषणा गर्न खोज्ने सात जना पक्राउ

तीनकुनेलाई ‘जेन्जी चोक’ घोषणा गर्न खोज्ने सात जना पक्राउ

नेपालखबर
असोज २६, २०८२ आइतबार २०:२९, काठमाडौँ

काठमाडौंको कोटेश्वरस्थित तीनकुने चोकलाई जेनजी चोक घोषणा गर्न खोज्ने समूहमाथि प्रहरीले हस्तक्षेप गरेको छ।

सो क्रममा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ।

अविन लिम्बु, अभि मेहता, नवीन त्रिपाठीलगायत ७ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

कोटेश्वर तीनकुने क्षेत्रमा प्रदर्शन गर्नबाट रोक्नुका साथै प्रहरीले त्यहाँ राख्न खोजिएको साइनबोर्ड पनि हटाइदिएको छ।  

उनीहरूले दीप प्रज्ज्वलन गर्न मात्रै अनुमति लिएको भन्दै प्रहरीले कार्यक्रममा सहभागीहरुलाई हटाएको हो।

काठमाडौंमा अहिले कुनै पनि प्रदर्शन गर्न नपाइने जिल्ला प्रशासन कार्यालयको आदेश उल्लंघन गरेकाले प्रक्राउ गरेको प्रहरीले जनाएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad