सीके राउत नेतृत्वको जनमत पार्टी विभाजित भएको छ।
उपाध्यक्ष दीपक साहको नेतृत्वमा करिब २० प्रतिशत केन्द्रीय कार्यकारिणी सदस्यले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएका हुन्।
उनीहरुले आइतबार निर्वाचन अयोगमा पुगेर जनस्वराज नामको पार्टी दर्ता गर्न निवेदन दिएका हुन्। यसको सनाखत हुन भने बाँकी छ।
उपाध्यक्ष अब्दुल खानले यसअघि नै जनमत पार्टी छोडिसकेका थिए।
जनमत पार्टीमा ५२ जना केन्द्रीय कार्यकारिणी सदस्य छन्।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा ६ सिट जितेको थियो। राष्ट्रिय पार्टी बनेको जनमतले मधेस प्रदेश सरकारको नेतृत्व समेत गरिरहेको छ।
सतिशकुमार सिंह मधेस प्रदेशका मुख्यमन्त्री रहेका छन्।
297
Shares

प्रतिक्रिया