नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नोसमेत मुख्य तीन दलका प्रमुख तीन नेताले तत्काल नेतृत्वबाट बिदा लिनुपर्ने बताएपछि नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्य थापाले आक्रोश व्यक्त गरेका छन्।
महामन्त्री थापाले आइतबार साँझ भिडिओ सन्देश जारी गर्दै आफ्नो पार्टी कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले तत्काल पार्टीको नेतृत्व छाड्नुपर्ने बताएका छन्।
भिडिओ-
त्यसप्रति आपत्ति जनाउँदै एमाले नेता थापाले गगनलाई कांग्रेसको मात्र चिन्ता लिन सुझाव दिएका हुन्।
‘प्रिय गगन थापाजी, कांग्रेस पार्टीको मात्र चिन्ता गर्नुस्। मैले बुझ्दा तपाईं कांग्रेसको केन्द्रीय समितिमा ५ प्रतिशतको समर्थन र ९५ प्रतिशतको विरोधको हालतमा हुनुहुन्छ’, थापाले लेखेका छन्, ‘म स्पष्ट गर्न चाहन्छु- कमसेकम केपी शर्मा ओली गगनजीको चाहनाले एमालेको अध्यक्ष र प्रधानमन्त्री हुनुभएको थिएन, होइन र फेरि पनि अनावश्यक चिन्ता र निन्दा गर्न बेकार छ। तपाईंको विरोध अर्थहीन छ।’
Shares

प्रतिक्रिया