राजनीति


एमालेले तय गर्‍यो केन्द्रीय कमिटी बैठक बस्ने ठाउँ

एमालेले तय गर्‍यो केन्द्रीय कमिटी बैठक बस्ने ठाउँ

फाइल तस्बिर


नेपालखबर
असोज २६, २०८२ आइतबार ८:४७, काठमाडौँ

नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बस्ने स्थल तय गरेको छ। 

एमाले केन्द्रीय कार्यालयका सचिव डा.भिष्म अधिकारीले ललितपुरको जवलाखेलस्थित भनिमण्डल छेउमा रहेको राम वाग महलमा बैठक बस्ने जानकारी दिएका हुन्। बैठक आगामी बुधबार बिहान ११ बजेदेखि सुरु हुने अधिकारीले बताएका छन्। 

‘अभिवादन, यहि असोज २९-३१ ललितपुरको जाउलाखेल भनिमण्डल (डीएभी स्कुल) छेउ ‘राम वाग महल’मा आयोजित केन्द्रीय कमिटीको बैठकमा २९ गते ११ बजे उपस्थितिको लागि अनुरोध छ,’ अधिकारीले सामाजिक सञ्जालमा लेखेका छन्। 

जेनजी आन्दोलनको क्रममा आगलागी र तोडफोड हुँदा ललितपुरकाे च्यासलस्थित एमाले केन्द्रीय कार्यालय क्षतिग्रस्त भएको छ। 

पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्न एमालेले यही असोज २९ गतेदेखि ३१ सम्म सञ्चालन हुनेगरि केन्द्रीय कमिटी बैठक आह्वान गरेको हाे। 

यसअघि असोज २७ गतेदेखि सुरु हुने भनिएको बैठक एमालेले दुई दिनपछि सारेको हो। 

गएको शुक्रबारदेखि एमाले सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुन्डुमा बसिरहेको छ। बैठक आज पनि बस्दैछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad