राजनीति


शनिबार स्थगित भएको एमाले सचिवालय बैठक आज बस्दै

शनिबार स्थगित भएको एमाले सचिवालय बैठक आज बस्दै

नेपालखबर
असोज २६, २०८२ आइतबार ७:३९, काठमाडौँ

अध्यक्ष केपी शर्मा ओली बिरामी परेपछि स्थगित भएका नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। 

आइतबार बिहान ११ बजेदेखि बैठक सुरु हुने एमालेले जनाएको छ। 

भक्तपुरको गुन्डुस्थित ओली निवासमा गएको शुक्रबारदेखि एमाले सचिवालय बैठक सुरु भएको हो।  शनिबार पनि बैठक निरन्तर जारी रहने तालिका भए पनि अचानक अध्यक्ष ओली बिरामी भएको खबर आएपछि बैठकमा सहभागीताको लागि जाँदै गरेका नेताहरू बाटैबाट फर्किएका थिए। 

शुक्रबारको सचिवालय बैठकमा बहुमत सदस्यले ओलीलाई नेतृत्व त्याग्न सुझाव दिएका थिए। 

बैठकमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे पनि सविस्तार समीक्षा गरिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad