राजनीति


जेनजी युवाबीच विवादपछि शीतल निवासको छलफल स्थगन

जेनजी युवाबीच विवादपछि शीतल निवासको छलफल स्थगन

नेपालखबर
असोज २५, २०८२ शनिबार १२:१, काठमाडौँ

जेनजीका प्रतिनिधिबीच सहभागिताका लागि विवाद भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज आह्वान गरेको बैठक स्थगन गरिएको छ।

प्रधानमन्त्री सुशीला कार्कीसहित शीतल निवासमा आयोजित छलफलमा को-को सहभागी हुने भन्ने विषयमा जेनजी युवाबीच मतभेद भएपछि राष्ट्रपतिले बैठक स्थगन गरेका हुन्।

वार्ताका लागि सुदन गुरुङको टोली शीतल निवास छिरेपछि बाहिर रहेका जेनजी युवाहरूले नाराबाजी गरेका थिए। 

भिडिओ-

त्यसपछि छलफल सोमबारका लागि सारिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

अब सोमबार दिउँसो ३ बजे छलफल हुनेछ। 

भदौ २३ र २४ गतेको भएको जेनजी आन्दोलनको खास नेतृत्वकर्ता नहुँदा नेतृत्व दाबीका लागि युवाहरूबीच विवाद छ। 

ककसलाई जेनजीका प्रतिनिधि मान्ने भन्ने अन्योल हुँदा सरकार पनि अप्ठेरोमा परेको छ। यद्यपि आन्दोलनयताका हरेक वार्तामा सुदन गुरुङ अगाडि सरिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad