कतारका विभिन्न जेलमा रहेका १७ जना नेपालीहरुले आममाफी पाएका छन्। दोहास्थित नेपाली दूतावासका अनुसार कोरोना भाइरसको महामारी फैलिएकाले कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई ध्यानमा राखेर कतारका राजाले ति कैदीहरुलाई आममाफी दिने निर्णय गरेका हुन्।
दूतावासका अनुसार कतारको बन्दी गृहमा रहेका १७ जना नेपाली नागरिकहरु अब रिहा हुनेछन्। रिहा हुनेहरुमा १३ जना लागू औषध कोरोबार, २ जना चोरी, १ जना मादक पदार्थ कारोबार र अर्का १ जना ठगीको कसुरमा सजाय भुक्तान गरिरहेकाहरु छन्।
यसै सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले कतारका प्रधानमन्त्रीलाई धन्यवाद दिएका छन्। बिहीबार प्रधानमन्त्री ओलीले आफूले कतारका प्रधानमन्त्रीलाई धन्यवाद दिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
— K P Sharma Oli (@kpsharmaoli) April 23, 2020आज साँझ मैले कतरका प्रधानमन्त्रीसँग फोन संवाद गरें। मैले त्यहाँ रहेका नेपालीको सुरक्षा र कल्याणका बारेमा चासो राखें।कतारका प्रधानमन्त्रीले त्यहाँ रहेका नेपालीको बारेमा चिन्ता नलिन आग्रह गर्नुभयो। मैले विभिन्न आरोपमा गिरफ्तार १७ नेपालीको रिहाईप्रति खुशी व्यक्त गर्दै धन्यवाद दिएँ ।
प्रतिक्रिया