नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुशीला कार्की तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै सिफारिसमा प्रधानमन्त्री बनेको बताएका छन्।
शुक्रबार सम्पादकहरूसँग संवाद कार्यक्रम, ललितपुरमा प्रचण्डले आफैँले सिफारिस गरेर बनेको सरकारलाई ओलीले ‘हाहाहुहुमा बनेको’ भन्न नमिल्ने जिकिर पनि गरे।
‘सुशीला कार्की ओलीजीकै सिफारिसमा प्रधानमन्त्री बन्नुभएको हो। त्यसको साक्षी हामी पनि छौँ,’ प्रचण्डले भने, ‘कम्तीमा उहाँ आफैंले सिफारिस गरेर बनेको सरकारलाई हाहाहुहुमा बनेको भनेर भन्न मिल्दैन। अहिले सुशीला कार्कीलाई सहयोग गरेर जानु हामी सबैको हितमा छ।’
उनले तोकिएको समयमा निर्वाचनमा जानु नै दल तथा देश हितमा हुने बताए।
तत्काल चुनावमा गएर संविधान संशोधन गर्नु उपयुक्त हुने उनको धारणा थियो।
सम्बन्धित खबर:
नागरिक सरकार गठनका लागि ओलीले गरेका थिए सिफारिस
Shares

प्रतिक्रिया