यही असोज २७ गतेदेखि हुने भनिएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठक दुई दिन पछि बस्नेगरि सरेको छ।
एमाले केन्द्रीय कार्यलयका सचिव डा.भिष्म अधिकारीका अनुसार यही असोज २७ देखि २९ गतेसम्म हुने भनिएको केन्द्रीय कमिटीको बैठक असोज २९ देखि ३१ गतेसम्म बस्ने गरि पछि धकेलिएको हो।
केन्द्रीय कार्याल च्यासल जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको कारण बैठक स्थल भने तय भइनसकेको अधिकारीले जानकारी दिए।
एमाले केन्द्रीय सचिवालयको बैठक भने आज भक्तपुरको गुण्डुमा बस्दैछ।
यस अघि असोज १९ र २० गतेका लागि तय गरिएको बैठक अबिरल वर्षाका कारण आज बस्न लागेको हो।
828
Shares

प्रतिक्रिया