प्रधानमन्त्री सुशीला कार्कीले संयम राख्न र हिंसाको चक्र रोक्न सबैसँग आग्रह गरेकी छन्।
जेनजी आन्दोलन एक महिना पुगेको अवसरमा बिहीबार साँझ सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन्।
‘संयम राख्न र हिंसाको चक्र रोक्न आग्रह गर्न चाहन्छु। यो दुखद घटनालाई नयाँ नेपाल बनाउन हामीलाई आपसी सद्भाव र राष्ट्रिय एकता आवश्यक छ’ उनले भनिन्, ‘मलाई आशा छ यो नयाँ सरकार र निर्वाचन पश्चात आउने दुवै सरकारले युवाहरूको सपना साकार पार्न समृद्ध नेपाल बनाउन ठोस कदम चाल्नेछन्।’
उनले युवाहरूको बलिदान पछाडि राजनीतिक र आर्थिक सुधार देख्ने तीब्र चाहना छ, देशमा न्याय र विधिको शासनको अपेक्षा छ। देशमा भ्रष्टाचार र बेथिती उन्मुलन भएको हेर्ने चाहना छ भन्दै यो सरकार र निर्वाचन पछिका सरकारले पनि त्यो चाहना पूरा गर्ने विश्वास गरिन्।
उनले जेनजी पुस्तालाई राज्य सञ्चालनमा अर्थपूर्ण सहभागिता गराउन विभिन्न संयन्त्र निर्माण गर्ने प्रतिवद्धता पनि जनाइन्।
विगतका सरकारहरूले युवा पुस्ताको आवाज सुन्न र माग पूरा गर्न नसकेकै कारण विद्रोह भएको उनको जिकीर थियो।
‘विगतका सरकारहरूले युवाहरूको आवाज सुन्न सकेनन्। उनीहरूका माग सुन्न सकेनन्’ उनले भनिन्, ‘यसका लागि हामी सबैले आफ्नो कमजोरी विनम्रतापूर्वक स्वीकार गर्नुपर्दछ।’
भिडिओ:
Shares

प्रतिक्रिया