राजनीति


कांग्रेस बैठकमा देउवाको सन्देश : एकताबद्ध भएर अगाडि बढ्नू

कांग्रेस बैठकमा देउवाको सन्देश : एकताबद्ध भएर अगाडि बढ्नू

नेपालखबर
असोज २३, २०८२ बिहिबार १६:५८, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै एक भएर अगाडि बढ्न पार्टीका नेताहरुलाई आग्रह गरेका छन्। 

बिहीबार सानेपास्थित आगजनीग्रस्त कार्यालयमा सुरु भएको नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा उनले सन्देश पठाएर यस्तो आग्रह गरेका हुन्। 

बैठकको अध्यक्षता गरेका उपसभापति पूर्णबहादुर खड्काले बैठकमा देउवाको सन्देश सुनाएका थिए। ‘सभापतिजीले बैठक बसेर सबै एकताबद्ध भएर अघि बढ्नु भन्ने सन्देश पठाउनु भएको छ,’ एक पदाधिकारीले नेपालखबरसँग भने।

देउवा भने बैठकमा सहभागी भएका छैनन्। जेनजी आन्दोलनका बेला भदौ २४ गते निवासमै उनीमाथि सांघातिक आक्रमण भएको थियो। उनको टाउकोमा १२ वटा टाँका लगाइएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad