नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा डा शेखर कोइराला पनि सहभागी छन्। आगामी २६ गते केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्न बसेको बैठकमा कोइराला पनि सहभागी भएका हुन्।
कोइरालानिकट नेता डा गोविन्द पोखरेलका अनुसार यसअघि पनि यसरी बैठकमा बोलाउने गरिएको थियो।
‘यसअघि पनि पदाधिकारी र पूर्वपदाधिकारीको संयुक्त बैठक बोलाउँदा उहाँ (कोइराला)लाई बोलाउने गरिएको थियो,’ उनले भने, ‘यसअघि कहिले विदेश भएर र यहीँ हुँदा पनि अन्य सेड्युअल भएर जान पाउनु भएको थिएन आज भने जानु भएको छ।’
कांग्रेसमा कोइरालाको वरीयता २० औँ नम्बरमा छ।
कांग्रेसले पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा कोइरालासँगै, प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा र सत्तामा हुँदा प्रमुख सचेतकलाई पनि बोलाउने गरेको थियो।

Shares

प्रतिक्रिया