राजनीति


पार्टी पुनर्गठनको माग राख्नेलाई शंकरले भने- सडकमा तमासा देखाउनु पर्दैन

पार्टी पुनर्गठनको माग राख्नेलाई शंकरले भने- सडकमा तमासा देखाउनु पर्दैन

नेपालखबर
असोज २३, २०८२ बिहिबार १३:३०, काठमाडौँ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी पुनर्गठनको विषय सडकमा उठाउन आवश्यक नरहेको बताएका छन्। 

बिहीबार भक्तपुरमा अयोजित एमालेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यसका लागि आफूलाई योग्य प्रमाणित गर्ने अवसर महाधिवेशनमा सबैलाई हुने जिकिर गरे।

‘अहिले पार्टीमाथि चुनौती खडा भएका बेला पुनर्गठनका नाममा नेतृत्वमाथि प्रहार गर्ने जुन प्रयास भइरहेको छ, पुनर्गठनको कुरा गर्ने साथीहरुलाई म भन्न चहान्छु- त्यसको पनि बेला आउँछ,’ पोखरेलले भने, ‘विधान अधिवेशन सम्पन्न गरेका छौँ। महाधिवेशनको संघारमा छौँ। कसैलाई लाग्द छ म पार्टीमा योग्य छुु भन्द छ भने उसले कार्यकर्ताको विश्वास जित्ने प्रणाली छँदै छ।’ 

संकटका बेला विभाजन होइन, एकताको खाँचो पर्ने भन्दै उनले भने, ‘सडकमा कराएर हिँड्नुु पर्दैन। सडकमा तमासा देखाउनुु पर्दैन। आफूूलाई योग्य सावित गर्नको लागि महाधिवेशनको हलमा हरेक नेता, कार्यर्तालाई आफूलाई कार्यकर्ताका बीचमा प्रस्तुत गर्ने अवसर पाउँदछन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad