कांग्रेस-एमाले झण्डै दुई तिहाइको सरकारसँग बढेको असन्तुष्टिका कारण जेन जी आन्दोलन भयो। जसले नेपाली राजनीतिमा ठूलो बदलाव ल्याएको छ।
हेलिकोप्टरमा भागेर ज्यान जोगाएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरी फौजदारी अभियोगमा कारबाही गर्नुपर्ने भन्दै आन्दोलनकारीहरूले प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन्। पार्टीभित्र उनले पद छाड्नुपर्ने दबाब बढ्दै गएको छ।
पार्टी छिट्टै महाधिवेशनमा जानुपर्ने, त्यसका लागि आयोजक समिति बनाउनुपर्ने र त्यसको नेतृत्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिनुपर्ने नेताहरूको माग छ। एमालेको नेतृत्व हस्तान्तरण अनिवार्य सर्त भन्दै केही नेताले पार्टीभित्रै गतिविधि बढाइरहेका छन्।
यता, सरकारले फागुन २१ गते चुनाव गर्न सबै हिसाबले तयारी तीव्र पारिसकेको छ।
तथापि, ओली एमाले अध्यक्ष पद छाड्न तयार छैनन्।
प्रायः हरेक कुरामा प्रतिक्रिया दिइहाल्ने ओलीले नेपाली राजनीतिमा आएको पछिल्लो बदलावलाई आफूविरुद्धको ‘षड्यन्त्र’ भनेर टार्ने कोसिस गरिरहेका छन्।
यसले पनि एमालेभित्रको आन्तरिक राजनीति पेचिलो बन्न थालेको देखिन्छ। पार्टीकै पदाधिकारी, स्थायी कमिटी सदस्य र केन्द्रीय सदस्यहरू ओलीलाई तत्काल हटाउनपर्ने पक्षमा उभिन थालेका छन्।
उपाध्यक्ष युवराज ज्ञवालीले यसबारे आगामी असोज २४ गते बस्ने सचिवालय बैठकमै निर्णायक छलफल हुने बताए।
‘एउटा राष्ट्रिय बहसको विषय बनेको छ, पार्टीभित्र तलैसम्म नेतृत्वले राजीनामा दिनुपर्ने कुरा उठेको छ,’ ज्ञवालीले भने, ‘सचिवालय बैठकमा अगाडि बढ्ने सन्दर्भमा विभिन्न साथीहरूले विचार राख्नुहुन्छ, त्यसबेला के धारणा आउँछन्, अनि हामी निष्कर्ष निकाल्छौँ।’
विगतको जस्तो साधारण खालको भन्दा पनि प्रष्ट र खुला कुरा गर्नुपर्छ भन्ने समझदारी अनुसार नेताहरूबाट धारणा आउने उनी बताउँछन्।
‘खासगरी जनमत हाम्रो पक्षमा हुने र जनतालाई विश्वास दिलाउने काम कसरी गर्न सकिन्छ? मूलभूत सवाल भनेको त्यो हो,’ उपाध्यक्ष ज्ञवालीले थपे, ‘एमाले लोकप्रिय पार्टी हो, अहिले नेतृत्वको कारण तलतल आम रुपमा धेरै आलोचना भइरहेको छ। यसमा समीक्षा हुन्छ।’
ईश्वर पोखरेललाई कार्यबाहक बनाएर महाधिवेशनमा जानुपर्ने कुरा नेताहरूले उठाइरहेको उनी बताउँछन्।
एमालेको अबको नेतृत्व, महाधिवेशनसँग केन्द्रित रहेर उपाध्यक्ष ज्ञवालीसँग नेपालखबरले गरेको संक्षिप्त कुराकानी :
Shares

प्रतिक्रिया