गए राती समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकता गरी गठन गरिएको नयाँ दल जनता समाजवादी पार्टीका नेताहरु निर्वाचन आयोग पुगेका छन्।
आयोगको कार्यालय खुल्नासाथ समाजवादी पार्टीका उपेन्द्र यादव, राजेन्द्र महताे, राजेन्द्र श्रेष्ठलगायत नेताहरु कान्तिपथस्थित आयोगको कार्यालय पुगेका हुन्।
साे पार्टीका नेता शरतसिंह भण्डारीले आफूहरुले दर्ता प्रक्रिया सुरु गरेकाे र अब आयाेगले भनेअनुसार सबै बैधानिक प्रक्रिया पुरा गर्ने बताए।
उनले राजपा नेपाल र समाजवादी पार्टीबीच लामाे समय वार्ता भए पनि लकडाउनका कारण हुन नसकेकाे एकता प्रधानमन्त्रीका कारण संभव भएकाे बताए।

नयाँ दल दर्ताका लागि अहिले बिहन साढे १० बजे निर्वाचन आयोग पुग्ने कार्यक्रम रहेको नेता केशव झाले नेपालखबरलाई जानकारी दिएका थिए।

प्रतिक्रिया