नेपालमै सबैभन्दा बढी कोरोना संक्रमित देखिएका उदयपुरको भुल्केमा अझै परीक्षण तीव्र हुन सकेको छैन। त्यहाँ अझै र्यापिड डायग्नस्टिक टेस्ट (आरडीटी) किट पुग्न नसक्दा परीक्षण अघि बढ्न नसकेको हो।
त्यहाँ आज किटलगायत स्वास्थ्य सामग्री बोकेर प्रदेश सरकारको टोली पुग्ने बताइएको छ।
‘आज किटसहित प्रदेशको टोली आउने कुरो छ,’ उदयपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) वीरबहादुर बुढामगरले बिहीबार बिहान नेपालखबरसँग भने, ‘अहिलेसम्मको संकलन सूची हेर्दा परीक्षण गर्नैपर्नेमा २ सय जना देखिएका छन्, तर किट नहुँदा परीक्षण अगाडि बढ्न सकेको छैन।’
पीसीआर परीक्षणका लागि यसअघि स्वाब संकलन गरिएका ३ सय २० जनाबाहेक याे अर्काे २ सय जनाकाे सूची तयार पारिएकाे एसपी मगरले बताए।
भुल्केमा मात्रै २७जनामा काेराेना संक्रमण पुष्टि भइसकेकाे छ भने धेरै जनाकाे परीक्षण जारी छ।
याे पनि:
जमाती होइन युपीबाट फर्केका विद्यार्थीबाट उदयपुरमा कोरोना फैलिएको आशंका

प्रतिक्रिया