प्रधानमन्त्री सुशीला कार्कीले विजयादशमीको अवसर पारेर आज 'जेनजी' आन्दोलनका सहदिका परिवारलाई भेटेकी छन्।
प्रधानमन्त्री कार्कीले बागलुङ घर भई काठमाडौँको वनस्थली पुगेर सहिद सौरन किशोर श्रेष्ठको परिवारलाई भेटेकी हुन्।
यसैगरी उनले नागार्जुन–३ पुगेर सहिद कान्छी नगरकोटीको परिवार र कीर्तिपुरस्थित मैत्रीनगर पुगेर सहिद बुद्धिबहादुर तामाङको परिवारलाई भेटेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री कार्कीसँग सञ्चारमन्त्री जगदीश खरेल पनि सहिदका परिवार भेट्न पुगेका थिए।

गत भदौ २३ र २४ गते जेनजीको नेतृत्वमा भएको आन्दोलनका क्रममा अहिलेसम्म सुरक्षाकर्मीसमेत ७६ जनाको मृत्यु भएको पुष्टि सरकारले गरेको छ। आन्दोलनका क्रममा मारिएका युवालाई सरकारले सहिद घोषणा गरिसकेको छ।
आन्दोलनमा घाइते भएकामध्ये ३८ जना अझै उपचारमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
Shares

प्रतिक्रिया