राजनीति


हस्ताक्षरको भ्रम मेटाउन केन्द्रीय समिति बैठक बोलाइएको हो : प्रवक्ता महत

हस्ताक्षरको भ्रम मेटाउन केन्द्रीय समिति बैठक बोलाइएको हो : प्रवक्ता महत

नेपालखबर
असोज १२, २०८२ आइतबार ११:५९, काठमाडौँ

नेपापाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसीहरू एकजुट भएर केन्द्रीय समितिमार्फत समाधान खोज्ने कुरामा लाग्नुपर्ने बताएका छन्। 

आइतबार पत्रकार भेटघाटका क्रममा उनले पार्टीभित्र नेतृत्व परिवर्तनका लागि हस्ताक्षरको कुरा उठेकोबारे कार्यकर्ताहरुमा अन्योलता सिर्जना भएको भन्दै केन्द्रीय समितिबाटै निचोड निस्किने स्पष्ट पारे।

‘अहिले हाम्रो पार्टीभित्र पनि कतिपय साथीहरु देशभर छरिएर रहेका साथीहरुमा अन्योल हुनसक्छ, हस्ताक्षरको कुरा उठिरहेको छ रे, वा के भइरहेको छ रे,’ महतले भने, ‘अहिले हामीले यि कुराहरुमा ध्यान दिनु हुँदैन। अहिले हामी अफ्ठ्यारो स्थितिमा एकजुट भएर केन्द्रीय समितिमार्फत नै सम्पूर्ण विषयवस्तुमा छलफल गर्ने र सामूहिक निष्कर्ष निकाल्ने र पार्टी पंक्तिमा उत्साह भर्ने काम गर्नेछौँ। अधिवेशन प्रक्रियालाई पनि हामी चाँडो भन्दा चाँडो हामीले केन्द्रिय समितिले नै सम्पूर्ण प्रक्रिया पूरा गरेर अघि बढ्ने कुरामा दुईमत छैन।’ 

पार्टी सभापति शेरबहादुर देउवा लोकतान्त्रिक आन्दोलनका लागि निरन्तर लडेको व्यक्ति भएको भन्दै देश छोडेर भाग्नुपर्ने अपराधी नभएको बताए। पासपोर्ट बनाएर देशबाट भाग्न खोज्यो भन्ने जस्ता भ्रम फिँजाइएको भन्दै उनले सांघातिक हमला हुने देख्दासमेत घर नछोडेको व्यक्ति भएको जिकिर गरे।

‘पार्टी सभापति लोकतान्त्रिक आन्दोलनमा लगातार लड्नुभएको छ, शाही कालमा उहाँलाई अनेकौँ लाञ्छना लगाएर डेमोरलाइज गर्ने कोशिस भयो, उहाँ हुनुभएन,’ महतले भने, ‘अहिले पनि यस्ता भेटियो, उस्तो भेटियोदेखि लिएर पासपोर्ट लिएर भाग्दै थियो भन्ने अनर्गल प्रचार गरियो। उहाँ कुनै अपराधी होइन, अपराध गर्नुभएको छैन। पासपोर्ट लिने हरेक नेपालीको हक छ। पासपोर्ट लिनु नै अपराध भयो भन्ने जस्तो भाष्य सिर्जना गर्ने कोशिस गरिएको छ। उहाँ देश छोडेर भाग्नुपर्ने मानसिकता बोकेको नेता होइन। उहाँले सांघातिक रुपमा हमला हुने नियोजित कुरा देख्दा देख्दै पनि घर छोड्नुभएन भने उहाँले देश छोड्नुपर्ने कुनै कारण छैन।’


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad