राजनीति


प्रधानमन्त्री कार्कीलाई मेयर साम्पाङको आग्रह: जेनजीको मर्मअनुसार काम गर्न सक्नुभएन, राजीनामा दिनूस्

प्रधानमन्त्री कार्कीलाई मेयर साम्पाङको आग्रह: जेनजीको मर्मअनुसार काम गर्न सक्नुभएन, राजीनामा दिनूस्

नेपालखबर
असोज ११, २०८२ शनिबार ९:३१, काठमाडौँ

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री सुशीला कार्कीले जेनजीको मर्मअनुसार काम गर्न नसकेको आरोप लगाउँदै राजीनामा मागेका छन्। 

जेनजी आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि अन्तरिम प्रधानमन्त्री चयनका लागि वार्ता भइरहँदा साम्पाङले पनि धरानबाट काठमाडौँ आएर आफूलाई सरकारको नेतृत्व दिन माग गरेका थिए। 

तर उनलाई कसैले पनि प्रधानमन्त्री बनाउन नचाहेपछि गृहमन्त्री पद मागेका थिए। त्यो पनि असफल भएपछि उनी बाध्य भएर घर फर्केका थिए। 

त्यसयता उनले नवगठित सरकारको आलोचना गरिरहेका छन्। 

यसै क्रममा शनिबार बिहान सामाजिक सञ्जालमार्फत उनले प्रधानमन्त्री कार्कीलाई राजीनामा दिन आग्रह गर्दै आफूले जेनजीका माग पूरा गर्न सक्ने दाबी गरेका हुन्। 

‘सुशीलाजी! तपाइँले जेनजीको मर्मअनुसारको काम गर्न सक्नुभएन, राजीनामा दिनूस्। म गर्छु- उनीहरूको माग पूरा एक एक गरेर उनले लेखेका छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad