ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री कुलमान घिसिङले विद्युत् विकास विभागमा महानिर्देशकको जिम्मेवारी मनदेवी श्रेष्ठलाई दिएका छन्।
आज मन्त्रिस्तरीय निर्णय गरी हालका महानिर्देशक जीवछ मण्डललाई जल तथा ऊर्जा आयोगमा सरुवा गरी मनदेवीलाई उक्त जिम्मेवारी दिएका हुन्।
मनदेवी यसै विभागकी उपमहानिर्देशक हुन्। ‘वरिष्ठता र प्राथमिकताका आधारमा यो निर्णय गरिएको हो,’ कुलमाननिकट स्रोतले भन्यो, ‘उहाँ (मनदेवी) वरिष्ठतामा अगाडि हुनुहुन्थ्यो। त्यसमाथि महिला भएकाले प्राथमिकताका आधारमा पनि उहाँले नेतृत्व पाउनुभयो।’
मनदेवी जलविद्युत् इन्जिनियर हुन्।
ऊर्जा आयोगमा सरुवा भएका जीवछले यसअघि कुलमानलाई कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिएर नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउन तत्कालीन मन्त्री दीपक खड्कालाई सहयोग गरेका थिए। उनको त्यो कार्य गैरव्यावसायिक र पक्षपातपूर्ण भनी आलोचना भएको थियो।
Shares

प्रतिक्रिया