स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चाडपर्वको समयमा अस्पताल सुचारु राख्न आग्रह गरेको छ।
मन्त्रालयले आज सूचना निकाली चार्डपर्वको समयमा जनशक्ति व्यवस्थापन गरी सेवा सुचारु राख्न भनेको हो।
दसैँदेखि छठ पर्वसम्म लामो बिदा हुने हुँदा बिरामीलाई लामो समय पर्खनुपर्ने अवस्था हुन सक्ने भन्दै मन्त्रालयले जनशक्ति व्यवस्थापन गर्दै सेवा सञ्चालन गर्न आग्रह गरेको छ।
बिदाको दिनमा समेत आंशिक सेवा सञ्चालन गर्न निर्देशन दिएको छ।
आकस्मिक सेवादेखि तोकिएको शल्यक्रिया सेवा समयमा नै गर्न निर्देशन दिएको छ।

प्रतिक्रिया