ad ad

राजनीति


तिब्बतले नेपाललाई दियो १० हजार एन९५ मास्क र १० हजार पीपीई

तिब्बतले नेपाललाई दियो १० हजार एन९५ मास्क र १० हजार पीपीई

नेपालखबर
बैशाख १०, २०७७ बुधबार १०:२,

चीनको स्वशासित क्षेत्र तिब्बतले नेपाललाई कोरोना संक्रमण सामना गर्न आवश्यक पर्ने बिभिन्न स्वास्थ्य सामग्री बुधबार प्रदान गरेको छ।

नेपालस्थित चिनियाँ दूतावासका अनुसार बुधबार हस्तान्तरण गरिएका सामाग्रीमा चीनको स्वशासित क्षेत्र तिब्बतको तर्फबाट प्राप्त भएको हो।

‘१० हजार एन९५ मास्क, १० हजार पीपीई, १ हजार इन्फ्रारेड थर्मोमिटर, २ पीसीआर मेशिन, २० हजार भीटीएमसहित २० हजार टेस्ट किट्स, ५० बाकस डिस्इन्फेक्टेन्ट (निस्संक्रामक) वाइप वेट बुधबार तातोपानीस्थित नेपाल–चीन मैत्री पूलमा नेपाली पक्षलाई हस्तान्तरण गरिएको हो,’ नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ।

यसैगरी दुइपक्षीय सहयोग र समन्वयका लागि दूतावास क्रियाशिल रहने उसले जनाएको छ।

China Support CoronaApr22c

China Support CoronaApr22b

China Support CoronaApr22

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .