ad ad

राजनीति


सांसदलाई ओलीको ब्रिफिङ : मन नमिले जति गरे पनि पार्टी फुटिहाल्छ

सांसदलाई ओलीको ब्रिफिङ : मन नमिले जति गरे पनि पार्टी फुटिहाल्छ

नेपालखबर
बैशाख १०, २०७७ बुधबार ८:३६,

प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन नेकपा एमाले र माओवादीबीचको एकता कानुनअनुसार नभइ मन मिलेका कारण भएको बताएका छन्।

बुधबार बालुवाटारमा नेकपा सा‌ंसदहरुसँग अध्यादेश र लकडाउनका बारेमा कुरा गर्दै प्रधानमन्त्री ‌ओलीले मन नमिले सँगै रहन कुनै पनि कानुनले नरोक्ने बताए।

‘हामी कुन कानुनअनुसार मिलेको हो र? मन मिलेर पो एक भएका हौँ’, सांसदलाई प्रधानमन्त्रीले भनेको भनाई उल्लेख गर्दै एक सांसदले भने, ‘मन मिलिरहँदा जति प्रतिशत भए पनि मिलेर बस्‍न सकिहालिन्छ, नमिलेमा जति गरे पनि फुटिहाल्छ।’

प्रधानमन्त्री ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेशका कम र संवैधानिक परिषद् सम्बन्धी अध्यादेशका बारेमा बढी कुरा गरेको छलफलमा सहभागी सांसद झपट रावलले बताए।

विपक्षी दल समयमा नआउँदा संवैधानिक परिषद्ले पूर्णता पाउन गाह्रो भएको भन्दै प्रधानमन्त्री ओलीले सरकाले ल्याएको अध्यादेशको बचाउ गरे। ‘विपक्षी दलका नेताले भीसी र रजिस्टारमा समेत बार्गेनिङ गर्न थालेका कारण सरकाले यस्तो अध्यादेश ल्याउनु परेको हो’, प्रधानमन्त्री ओलीले भने, ‘दुइतिहाइको सरकार हुँदा पनि संवैधानिक परिषद्मा ग्याप भएका कारण सरकारले राम्ररी काम गर्न नसकेको हो।’

सांसदहरुसँग प्रधानमन्त्री ओलीले कुनै दललाई लक्षित गरी अध्यादेश नलाइएको स्पष्ट पारे।

दुवै अध्यक्षले संसादहरुसँग छलफल गर्ने भने पनि प्रधानमन्त्री ओलीले मात्रै छलफल गरेको र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सुनेर बसेको एक सांसदले नेपालखबरलाई बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .