राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट राजीनामा दिएकी सुमना श्रेष्ठको राजीनामा स्वीकृत भएको छ। रास्वपा उपसभापति डीपी अर्यालले आफूले उनको राजीनामा स्वीकृत गरिसकेको र केन्द्रीय समिति बैठकले पनि त्यसलाई अनुमोदन गरिसकेको बताए।
‘उहाँको आधिकारिक रुपमा लिखित राजीनामा प्राप्त भएको छैन, तर, उहाँले हाम्रो केन्द्रीय समितिको ग्रुुपमा स्पष्टसँग पार्टी छोडेको धारणा राखेको हुनाले कार्यवाहक सभापतिको हैसियतले मैले त्यसैलाई राजीनामा मानेर स्वीकृत गरेको छु,’ उनले भने, ‘त्यसलाई हिजो केन्द्रीय समिति बैठकबाट अनुमोदन पनि भइसकेको छ।’
उद्यपि राष्ट्रिय स्वतन्त्र पार्टीमा स्वागत गर्नको लागि सधै पार्टीको ढोका खुला रहेको अर्यालको भनाइ छ।
81
Shares

प्रतिक्रिया