जेनजीहरूले राष्ट्रपति रामचन्द्र पौडैल र सरकारका प्रतिनिधिसँग छलफल गर्ने भएका छन्।
आज बुधबार जेनजीहरूको बैठकले सुदन गुरुङ, पुरुषाेत्तम यादव, प्रवेश दाहाल, ओजस्वी भट्टराई, बब्लु गुप्ता, खेमराज साउदसहितले जेनजीका माग सुनुवाइ गर्ने विषयमा राष्ट्रपति र सरकारसँग छलफल गर्ने निकुञ्ज भण्डारीले नेपालखबरलाई जानकारी दिए।
सुदन गुरुङले पनि समिति बनेको र छलफल कहिले गर्ने भन्ने मिति तय नभएको जानकारी दिए। 'राष्ट्रपति र सरकारसँग छलफल गर्ने भनेर आज छरिएका जेनजीका प्रतिनिधिहरू एक ठाउँमा बसेर कुरा गरियो,' उनले नेपालखबरसँग भने, 'हामी सबैले मिलेर सल्लाह गरेरै प्रतिनिधि छनोट गरेका छौँ। अब मुद्दा पनि साझा बनाएर हामी कुरा गर्छौँ।'
राष्ट्रपति र सरकारसँगको छलफलमा जेनजी सहिदका परिवारका केही सदस्य र घाइते प्रतिनिधि र तीनका प्रतिनिधि पनि सहभागी हुने गुरुङले जानकारी दिए।
यो सरकार ११ सदस्यीय मन्त्रिपरिषद् सदस्य बनाउने तयारी छ। अहिलेसम्म ८ सदस्यीय मन्त्रिपरिषद् गठन भइसकेको छ।
Shares

प्रतिक्रिया