पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले कठिन परिस्थितिमा पनि हरेस नखाई संघर्षमा अघि बढ्न आफ्नो पार्टी निकट युवाहरुलाई सुझाव दिएका छन्।
मंगलबार भक्तपुरको गुुन्डुस्थित निवासमा भेट्न आएका पार्टी निकट युवा र विद्यार्थीलाई उनले बाहिरी हस्तक्षेप र षडयन्त्रलाई बुझेर राष्ट्रिय हितमा अडिग रहन आग्रह गरे।
‘तपाईँहरू देशको भविष्य हुनुहुन्छ, कठिन परिस्थितिमा पनि हरेस नखाई संघर्षमा अघि बढ्ने शक्ति तपाईँहरूसँग छ,’ ओलीको भनाइ छ, ‘शिक्षा, श्रम र विचारले सुसज्जित युवा पुस्ताले मात्र नेपाललाई समुन्नत बनाउन सक्छ। बाह्य हस्तक्षेप र षडयन्त्र बुझेर, दृढतापूर्वक राष्ट्रिय हितमा अडिनु हाम्रो पहिलो जिम्मेवारी हो।’
204
Shares

प्रतिक्रिया