राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनीष झाले जेनजी आन्दोलनका बेला ललितपुरको नख्खु कारागारमा आगजनी र तोडफोडमा संलग्न भएको भन्ने आरोपबारे जवाफ दिएका छन्।
मंगलबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै उनले आफूले आगजनी गर्नेहरुलाई रोक्न खोजेको दाबी गरे।
‘मेरो ३ सेकेन्डको भिडिओ राखेर जुनमा म रोक्दै छु, नजानुहोस्, नर्गनुहोस् भन्दै छु,’ झाले भने, ‘त्यो भिडिओ राखेर ६७ सकेन्ड अरु घटनाक्रम राखेर त्यो सबै मेरै नेतृत्वमा भएको जस्तो अतिरन्जित गरियो, त्यो पनि छानबिन गर्नुहोस्। मैले त्यो गरेको छैन।’
रास्वाप सभापति रवि लामिछाने पनि नख्खु कारागारमै थिए। झा उनलाई लिन कारागार पुगेका थिए। गलत प्रचारले अब कसैको घरमा आगो लागेमा निभाउन जान समेत अप्ठ्यारो पर्ने जिकिर गरे।
‘अब त के डर लाग्यो भने छिमेको घरमा आगो लागयो भने निभाउन जान पनि डर लाग्ने भयो,’ उनले भने, ‘भोलि गएर तैले लगाइस् भन्देला कि त्यस्तै भिडिओ बनाएर?’
Shares

प्रतिक्रिया