राजनीति


निर्वाचन तयारीबारे प्रधानमन्त्री कार्की र आयोग पदाधिकारीबीच छलफल

निर्वाचन तयारीबारे प्रधानमन्त्री कार्की र आयोग पदाधिकारीबीच छलफल

नेपालखबर
असोज ७, २०८२ मंगलबार १५:४९, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल भएको छ।

प्रधानमन्त्री कार्कीले आयोग पदाधिकारीहरूलाई सिंहदरबार बोलाएर निर्वाचनका लागि आवश्यक तयारीका लागि ब्रिफिङ लिएकी हुन्।

छलफलका लागि कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीकसहित आयोग पदाधिकारीहरू सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेका थिए।

आयोगले यसबीचमा निर्वाचनका लागि भइरहेका तयारीसम्बन्धी कामकारबाही, जटिलता र सरकारले दिनुपर्ने निकासका विषयमा छलफल भएको बैठकमा सहभागी एक अधिकारीले नेपालखबरलाई जानकारी दिए।

सरकारले आउँदो फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन घोषणा गरिसकेको छ। सरकारले विदेशमा रहेका नेपालीलाई पनि मतदानमा सहभागी गराउन चाहेको छ। यसअघि गृहमन्त्री ओमप्रकाश अर्यालले आयोग पदाधिकारीसँग गरेको छलफलमा यो कुरा राखेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad