स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट काम सञ्चालन गरेको छ।
भदौ २४ गते भएको जेनजी प्रदर्शनमा मन्त्रालयको सबै भवन जलेर प्रयोग गर्न नमिल्ने भएपछि परिषद्को नयाँ भवनबाट काम सञ्चालन गरिएको हो।
स्वास्थ्य मन्त्रालय सँगै जोडिएको स्वास्थ्य अनुसन्धान परिषद्को भवनमा भने क्षति पुगेको छैन।
मन्त्रालयको चार तल्ले भवनसँगै फर्निचर, महत्वपूर्ण कागज तथा फाइल, कम्प्युटरलगायत परिसरमा रहेका सवारी साधन पूर्णरूपमा जलेर नष्ट भएका छन्।
मन्त्रालयका कर्मचारीले परिषद्को नयाँ भवनबाट अस्थायी रूपमा काम सुरु गरिएको जनाएका छन्।

36
Shares

प्रतिक्रिया