अमेरिकाका राष्ट्रपति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन (ग्रिन-कार्ड) सम्बन्धी काम/कारबाही २ महिनाका लागि मात्र रोकिएको बताएका छन्।
कोरोना भाइरसका कारण रोजगारी गुमाएका अमेरिकी नागरिकलाई रोजगारीको अवसर दिन यस्तो निर्णय गरिएको उनको भनाइ छ। यो प्रतिबन्ध अमेरिकामा स्थायी बसोबासका लागि स्वीकृति खोज्नेहरूका लागि मात्रै लागू हुने पनि ट्रम्पले स्पष्ट पारेका छन्।
सोमबार ट्विट गरेर आप्रवासनसम्बन्धी गतिविधि अस्थायी रूपमा रोक्ने घोषणा गरेको राष्ट्रपति ट्रम्पले फरि मंगलबार त्यसलाई प्रस्ट पारेका हुन्।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन आफ्नो प्रशासनले गरेको फितलो प्रयासबाट मानिसको ध्यान अन्यत्र मोड्न अमेरिकी राष्ट्रपति ट्रम्पले यस्तो निर्णय गरेको भनेर आलोचना भइरहेको छ।
प्रतिक्रिया