राजनीति


मन्त्री सिन्हाले जेनजी सहिद परिवारलाई रोजगारी दिन पहल गर्ने, भने- अलिकति भए पनि सान्त्वना हुन्छ

मन्त्री सिन्हाले जेनजी सहिद परिवारलाई रोजगारी दिन पहल गर्ने, भने- अलिकति भए पनि सान्त्वना हुन्छ

नेपालखबर
असोज ६, २०८२ सोमबार १७:३१, काठमाडौँ

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले सहिद परिवारलाई रोजगारी दिन उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका छन्। 

सोमबार मन्त्रालयमा पदभार सम्हाल्दै उनले जेनजी आन्दोलनमा सहादत प्राप्त गरेका तथा घाइते भएकाहरुको परिवारलाई रोजगार दिनसके उनीहरुलाई केही सहज हुने बताए। 

उद्योगसँगै कानुुन न्याय तथा संसदीय मामिला र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री समेत  रहेका उनले आफू कानुन क्षेत्रमा रहँदा पनि कर, वैदेशिक लगानी तथा उद्योग वाणिज्यसम्बन्धी विषयमा नै काम गरेको उल्लेख गरे।

‘जो अहिले साहदत प्राप्त गर्नुभएको छ, घाइते हुनुहुन्छ, उहाँहरुलाई देशमा भएका उद्योग, उद्यमीहरु जति हाल चलिरहेको छ या चलाईरहेको छ,’ मन्त्री सिन्हाले भने, ‘उहाँहरुलाई म अह्वान गर्न चाहन्छु, उहाँहरुको परिवार कसैलाई रोजगारी दिने। त्यो भएपछि केही हदसम्म पनि उहाँहरुलाई सान्त्वना हुन्छ की भन्नेजस्तो लागेको छ। त्यतातिर म एकचोटी छलफल गर्छु।’   

उउनले सरकारी निकायमा फर्निचर लगायत निर्माण सामग्री स्वदेशी प्रयोग गर्ने, अत्यावश्यक बाहेक अरू विषयमा कार्यालय धाउनु नपर्ने गरी अनलाइन सेवाको विस्तार गर्न पहल गर्ने निर्णय गरेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad