समाज


मुग्लिन-नारायणगढ सडक खण्डमा सवारी सञ्चालन हुन अझै केही समय लाग्ने

मुग्लिन-नारायणगढ सडक खण्डमा सवारी सञ्चालन हुन अझै केही समय लाग्ने

नेपालखबर
असोज ६, २०८२ सोमबार १६:३६, काठमाडौँ

मुग्लिन-नारायणगढ सडक खण्डको तुईन खोला पुल नजिकै खसेको पहिरो पन्छाउन बन्द गरिएको यातायात अझै केही समय यथावत् रहने भएको छ।

सडक डिभिजन कार्यालय भरतपुरले सोमबार अपरान्ह सवा ४ बजे सूचना प्रकाशित गरी माथिबाट ढुंगा खसिरहेको पन्छाउन थप १ डेढ घण्टा लाग्ने जनाएको छ।

‘हाल एकतर्फी सञ्चालनमा रहेको सडकलाई पहिरो पूर्ण रूपमा हटाई सडक दुईतर्फी संचालनमा ल्याउनको लागि जिल्ला प्रशासन कार्यालय चितवनको निर्णय अनुसार आज दिउँसो १ बजेदेखि ३ बजेसम्म सवारीसाधनहरू रोकी पहिरो हटाउने कार्य निरन्तर सुचारू भैरहेको छ’ कार्यालयले भनेको छ, ‘माथिबाट ढुंगा खस्ने क्रम कायमै रहेकोले अन्दाजी थप १ देखि१स्३० घण्टा लाने अनुमान गरिएको छ। उक्त अवधिभर रोकिने सवारीसाधनहरू आफ्नो लेन अनुशासनमा रहनुहुन समेत अनुरोध गरिन्छ।’

गएको शुक्रबार साँझ ६ बजे तुइन खोलामा पहिरो जाँदा रोकिएको यातायात आइतबार साँझ ५ बजेदेखि एकतर्फी खुलेको थियो। 

दुईतर्फी नै यातायात सञ्चालन गर्न आज दिउँसो १ देखि ३ बजेसम्म यातायात रोकिएको थियो। 

यो अवधिमासमेत माथिबाट थप ढुंगा खसेर पहिरो पूर्ण रुपमा सफा नभएपछि सडक डिभिजनले पहिरो पन्छाउने कार्य जारी राखेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad