राजनीति


राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा टेकेन्द्र कार्की नियुक्त

राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा टेकेन्द्र कार्की नियुक्त

नेपालखबर
असोज ५, २०८२ आइतबार १९:५५, काठमाडौँ

देशको प्रमुख गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागका प्रमुख (मुख्य अनुसन्धान निर्देशक)का टेकेन्द्र कार्की नियुक्त भएका छन्। 

हुतराज थापा बिदा भएसँगै रिक्त भएको उक्त पदमा कार्कीलाई नियुक्त गर्ने आइतबार मन्त्रिपरिषद्ले निर्णय गरेको हो।  
 
नयाँ नेतृत्वका लागि एउटै ब्याचका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक कार्की र ओमप्रकाश जोशी प्रतिस्पर्धामा थिए।  

कार्की र जोशी यसअघि बिदा भएका थापासँगै ०५३ पुस ५ गते निरीक्षक पदबाट सेवा प्रवेश गरेका हुन्।   

जोशी कार्कीभन्दा डेढ महिना पहिले अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा बढुवा भएका थिए। कार्की मुख्य अनुसन्धान निर्देशकमा ३ वर्ष रहनेछन्। गुप्तचरमा उमेर हद र पदावधिका कारणमात्रै अवकाश हुने व्यवस्था छ। कार्कीले पुरै कार्यकाल काम गर्न पाउनेछन्।   

अनुसन्धान विभागलाई यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीले गृह मन्त्रालयबाट प्रधानमन्त्रीको प्रत्यक्ष मातहतमा ल्याएका थिए। 

पुन: गृह मन्त्रालय मातहत नै ल्याउने चर्चा भए पनि कानुनी अड्चन छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad