राजनीति


पालबाटै भए पनि न्यायको दीप मर्न दिँदैनौँः मुख्य रजिस्ट्रार पौडेल

पालबाटै भए पनि न्यायको दीप मर्न दिँदैनौँः मुख्य रजिस्ट्रार पौडेल

नेपालखबर
असोज ५, २०८२ आइतबार १६:४१, काठमाडौँ

सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालत जले पनि न्यायको दीप ननिभेको बताएका छन्। 

आइतबार संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पालमै भए पनि न्यायको दीप मर्न नदिने गरी काम भइरहेको बताएका हुन्।  

उनले राष्ट्र नै सबै जलेको अवस्थामा रहेको भन्दै व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका तीन वटै सर्वोच्च निकायहरू जलेर नष्ट भएको बताए।

देशभरका सबै अदालतबाट न्युनतम सेवा दिइरहेको उनको भनाइ छ। २५ हजार मिसिलमा ३ हजार मात्रै बाँकी रहेको र अरु जलेको पौडेलले बताए।  

'क्षतिका कुरा कति गरौँ। राष्ट्र नै सबै जलेको थियो। नेपाल सरकारका सबै व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका तीन वटै सर्वोच्च निकायहरू जलेका अवस्थामा थिए। त्यो चुनौति अवसरमा बदलेर अघि बढ्नुपर्नेछ। न्यायको दीप निभेको छैन,' उनले भने, '२९ गतेबाट हामीले नियमित सेवाहरु सुरु गरेका छौँ। देशभरका सबै अदालतबाट न्युनतम सेवा दिइरहेका छौँ। करिब २५ हजार मिसिल थिए। हामीले ३ हजार जति मात्रै मिसिल फेला पारेका छौँ। बाँकी रहेको २२ हजार मिसिलको प्राप्तिमा बार एसोसिएसन, महान्यायाधिवक्ताको कार्यालयबाट सहयोग माग्नेछौँ।’

मुख्य रजिस्ट्रार पौडेलले आईटीको सर्भर रिस्टोर गरेर पूर्ववत रुपमा सञ्चालन गर्ने तयारीमा सर्वोच्च अदालत रहेको बताए। न्याय सम्पादनमा मनोबल महत्वपूर्ण हुने भन्दै मनोबल उच्च राख्ने गरेर सुरक्षाको प्रत्याभुति दिनुपर्ने बताए। उनले सर्वोच्च अदादतमा इजलासहरू पालमुनि चलाएको भन्दै योभन्दा विडम्वनापूर्ण स्थिति केही नहुने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad