राजनीति


मन्त्रीका लागि मोहना अन्सारी, जगदीश खरेल र महावीर पुनको नाम राष्ट्रपति कार्यालयमा

मन्त्रीका लागि मोहना अन्सारी, जगदीश खरेल र महावीर पुनको नाम राष्ट्रपति कार्यालयमा

नेपालखबर
असोज ५, २०८२ आइतबार १५:२०, काठमाडौँ

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा मन्त्री  नियुक्त गर्न थप ३ जनाको नाम राष्ट्रपति कार्यालय पुगेको छ।

स्रोतका अनुसार मोहना अन्सारी, जगदीश खरेल र महावीर पुनको नाम राष्ट्रपति कार्यालय पुगेको हो।

मानवअधिकारकर्मी रहेकी अन्सारीले लिने मन्त्रालयको नाम खुलेको छैन। पत्रकार खरेलले सञ्चार तथा सूचना प्रविधि र वैज्ञानिक पुनले शिक्षा, विज्ञान तथा प्रविधि  मन्त्रालय लिने छन्। 

उनीहरूको नियुक्ति र शपथ आजै गर्ने शीतल निवासको तयारी छ।

कार्की नेतृत्वकाे सरकारमा रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश आर्याल यसअघि नै मन्त्री बनिसकेका छन्। 

खनालले अर्थ, घिसिङले ऊर्जा, भौतिक पूूर्वाधार र सहरी विकास तथा अर्यालले गृह र कानुन मन्त्रालको जिम्मेवारी सम्हालेका छन्।

मन्त्रिपरिषद् प्रधानमन्त्रीसहित ११ जनाभन्दा बढी नबनाउने प्रधानमन्त्री कार्कीले बताइसकेकी छिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad