राजनीति


माओवादी बैठकमा प्रचण्डको प्रस्ताव: मंसिरमा विशेष महाधिवेशन, सबै समिति भंग गर्ने

माओवादी बैठकमा प्रचण्डको प्रस्ताव: मंसिरमा विशेष महाधिवेशन, सबै समिति भंग गर्ने

नेपालखबर
असोज ५, २०८२ आइतबार १४:४६, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको विशेष महाधिवेशनको प्रस्ताव गरेका छन्। आइतबार जारी पार्टी पदाधिकारी बैठकमा १ घण्टा सम्बोधन गरेका उनले आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन्।  

'विशेष परिस्थिति हो विशेष महाधिवेशन गरौँ नयाँ नेतृत्व चयन गरौँ,' उनले बैठकमा भने।

पदाधिकारी बैठकले प्रचण्डको प्रस्तावअनुसार निर्णय गरेर केन्द्रीय समितिमा पठाउने छ। केन्द्रीय समितिले तलदेखि माथिसम्मका सबै तहका पदाधिकारी तथा समिति भंग भएपछि महाधिवेशन आयोजक समिति बन्नेछ। 

महाधिवेशन आयोजक समितिले नै मंसिरको महाधिवेशन गर्ने अख्तियारी पाउनेछ। 

प्रचण्डले अबको एक हप्ताभित्र केन्द्रीय समितिको आकस्मिक बैठक बोलाउने प्रस्ताव पनि राखेका छन्।

जारी पदाधिकारी बैठकमा एक घण्टा देशको वर्तमान अवस्था, पछिल्ला राजनीतिक घटनाक्रमको विकास र माओवादी पार्टीले लिने कदमबारे बोल्दै प्रचण्डले तत्काल केन्द्रीय समितिको बैठक बोलाउने भनेका हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad