हिन्दु नेपालीहरुको महान् चार्ड विजयदशमी दसैँका लागि सुर्खेतको बबई नाकाबाट खसी बोका बाहिरिएका छन्। भदौ महिनादेखि असोजको ५ गतेसम्म ५ करोड २६ लाख ७७ हजार २ सय मुल्यबराबरका खसी बोका निर्यात भएका हुन्।
कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत हर्रे–बबई नाका तथ्यांक सहायक दिपप्रसाद उपाध्याय (दीपक रिजाल)ले दसैँका लागि भदौ महिनादेखि असोज महिनाको ५ गतेसम्म दुइ हजार ६५६ ओटा खसी बोका निर्यात भएको जानकारी दिए।
तथ्यांक सहायक उपाध्यायका अनुसार निर्यात भएका २ हजार ६५६ ओटा खसीरबोका संख्यामा खसी, बोका, च्याङ्ग्रा र भेडा रहेका छन्।
उनले भदौ महिनाभरी १ हजार ६८१ खसीरबोका निर्यात भएकामा असोज १ गतेदेखि ५ गतेसम्म मात्रै एक हजार७५ ओटा निर्यात भएका जानकारी दिए।
दसैँका लागि भन्दै व्यापारीहरुले ट्रकहरुमा खसीरबोका ढुवानी गरेर नेपालगन्ज, बुटवल, चितवन, हेटौंडा, काठमाडौ लगायतका विभिन्न सहरहरुमा कर्णाली प्रदेशबाट कृषि तथा पशुपन्छीजन्य बस्तुहरु निर्यात भएको तथ्यांक सहायक दिपप्रसादले जानकारी दिए।
उनका अनुसार यो अविधमा २ लाख ७३ हजार बराबरका ७८ वटा भैँसी /रांगा र ७ करोड १७ लाख ९१ हजार ८६० मूल्य बराबरको ६८ लाख ३ हजार ७३२ किलो कर्णाली प्रदेशको अर्गानिक स्याउ निर्यात भएको छ।
यस्तै, मुगुको खत्याड गाउँपालिका–१० का ४४ वर्षीय व्यापारी जयलाल रोकायाले दसैँका लागि हुम्लाबाट १३२ ओटा भेडारच्याङ्ग्रा हुम्लाबाट पोखरा लग्न लागिएको बताए।
व्यापारी रोकायाले एउटा भेडाको मुल्य किलोको हिसाबमा बिक्री गरिने बताए।
उनले भने, ‘कर्णाली प्रदेशमा अर्थात् सुर्खेत लगायतका क्षेत्रमा मूल्य कमपर्छ। यहाँ ज्युँदो १ किलोको ७ सय देखि ९ सम्म हुन्छ। तर, पोखरा लगायतका सहरहरुमा एक हजारबाट सुरु हुन्छ। त्यसैले मैले हुम्लाबाट ५ दिन लगाएर झण्डै १ लाख ५० हजार ढुवानी खर्चमा पोखरा लाँदैछु।’
Shares

प्रतिक्रिया