नेपाल प्रहरीका १९ जना प्रहरी उपरीक्षक (एसपी) वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएका छन्। गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा मंगलबार बसेको बढुवा समितिको बैठकले बढुवाका लागि सिफारिस गरेको हो।
बढुवा सिफारीस हुने एसपीहरुमा विरेन्द्र कुमार बस्याल, जनक भटराई, विष्णुकुमार केसी भरतबहादुर बोहरा, कुवेर कडायत, केदार ढकाल, अशोक सिंह, सुदीप गिरी र दुुर्गा सिंह रहेका छन्।
यस्तै, रविन्द्र केसी, रोशनाथ बास्तोला, किरण राणा, नवरा भट्टराई लालमणि आचार्य, यज्ञविनोद पोख्रेल, हृदय थापा, राकुमार वैदवार, मुकेश कुमार सिंह र चन्द्र कुवेर खापङ रहेका छन्।
नेपाल प्रहरीमा १० एसएसपी सोमबार डीआईीमा बढुवा भएसँगै १९ एसएसपी रिक्त भएका थिए।
प्रतिक्रिया