काठमाडौंमा २ जना नर्सलाई आरडीटी परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएपछि थप परीक्षण गरिने भएको छ।
त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा खटिएका २ जना नर्समा र्यापिड टेष्टमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएको हो।
उनीहरु दुवैलाई अहिले काठमाडौंको टेकु अस्पतालमा आइसोलेसनमा राखिएको अस्पताल स्रोतले जनाएको छ। नर्सहरुको अवस्था अहिले सामान्य रहेको छ।
पीसीआर विधिबाट परीक्षण गरेपछि नै उनीहरुमा कोरोना भए नभएको पुष्टि हुनेछ।
प्रतिक्रिया