जेनजी आन्दोलनको भोलिपल्ट विभिन्न समूहले गराएको आगजनीका कारण सिंहदरबारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित धेरै मन्त्रालय जलाइयो। सिंहदरबार परिसरमा रहेका गाडीहरु पनि पनि ध्वस्त पारियो।
भ्रष्टाचार र नातावादको विरोध गरी भदौ २३ गते २८ वर्षमुनिका युवाले प्रदर्शन सुरु गरेका थिए।
त्यस दिन सरकारी दमनका कारण ठूलो संख्यामा हताहती भएपछि भोलिपल्ट प्रदर्शनकारीहरु विध्वंशमा उत्रिएका थिए।
भदौ २३ गते धेरै कर्मचारी र सरकारी पदाधिकारीको भागाभाग भएकाले उनीहरुले गाडी सिंहदरबारमै छाडेका थिए। त्यसैले पनि अरु दिनभन्दा गाडी धेरै थिए।
अहिले सिंहदरबार परिसरबाट जलाइएका गाडीका ठुटा हटाउन सरकारलाई हम्मे परेको छ।
आज पनि बिहानैदेखि त्यस्ता गाडी क्रेन लगाएर हटाइँदै छ।
हेर्नुहोस्, तस्बिरहरू:

















्







135
Shares

प्रतिक्रिया