राजनीति


१० हजार कर्मचारीको दरबन्दी कटौतीको प्रस्ताव असोज २० अघि नै मन्त्रिपरिषद्‌मा पेस गरिने

१० हजार कर्मचारीको दरबन्दी कटौतीको प्रस्ताव असोज २० अघि नै मन्त्रिपरिषद्‌मा पेस गरिने

आगजनी र तोडफोडपछि ध्वस्त सिंहदरबार


नेपालखबर
असोज १, २०८२ बुधबार १८:५८, काठमाडौँ

सरकारले खर्च कटौतीका लागि १० हजार कर्मचारीको दरबन्दी पनि कटौती गर्ने तयारी गरेको छ। मंगलबार मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा बसेको सचिवहरूको बैठकले नेपाल सरकारका मन्त्रालय, आयोग, सचिवालय, कार्यालयमा रहेका दरबन्दी औसतमा २० प्रतिशत कटौती गरी संशोधित दरबन्दी संरचना स्वीकृतितका लागि असोज २० गतेभित्र मन्त्रिपरिषद्‌मा पेस गर्ने निर्णय गरेको हो। 

'नेपाल सरकारका मन्त्रालय, आयोग, सचिवायल, कार्यालयमा रहेका दरबन्दी औसतमा २० प्रतिशत कटौती गरी संशोधित दरबन्दी संरचना स्वीकृतिका लागि २०८२ आश्विन २० गतेभित्र नेपाल सरकार मन्त्रिपरिषद्‌मा पेस गर्ने' निर्णयमा भनिएको छ।  

त्यस्तै अनावश्यक देखिएका सरकारी संरचना/निकाय खारेज गर्ने, गाभ्ने तथा हस्तान्तरण गर्ने प्रकृया प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शासकीय क्षेत्र हेर्ने सचिवले सम्बन्धित मन्त्रालयसँग समन्वय गरी तत्काल अगाडि बढाउने निर्णय पनि उक्त बैठकले गरेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad