राजनीति


१० हजार कर्मचारीको दरबन्दी कटौती गरिँदै, असोजभित्रै कार्यान्वयनको तयारी

१० हजार कर्मचारीको दरबन्दी कटौती गरिँदै, असोजभित्रै कार्यान्वयनको तयारी

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को नयाँ कार्यालय।


नेपालखबर
भदौ ३१, २०८२ मंगलबार २०:४५, काठमाडौँ

सरकारले खर्च कटौतीका लागि कर्मचारीको संख्या घटाउने भएको छ। नयाँ सरकार बनेसँगै खर्च कटौती गर्ने र कर्मचारीको संख्या घटाउने निर्णय मुख्यसचिवसहित सबै सचिवहरूको बैठकले गरेको छ।  

मंगलबार सिंहदरबारमा बसेको बैठकले संगठन तथा व्यवस्थापन सर्वेक्षण गरेर कर्मचारी कटौती गर्ने निर्णय गरेको हो। 
 
बैठकले अनलाइन सेवालाई विस्तार गर्ने, खर्च कटौती गर्दै मितव्ययी बन्ने र अत्यावश्यकबाहेकका कर्मचारी कटौती गरेको एक सचिवले नेपालखबरलाई जानकारी दिए।

निजामती सेवाका सचिवहरूको उक्त बैठकले संघीय सरकार मातहत रहेको जम्मा दरबन्दीको २० प्रतिशत कर्मचारी कटौती गर्ने निर्णय गरेको हो। 

कर्मचारीहरू मन्त्रालय, सचिवालय, आयोग तथा कार्यालयबाट कटौती सुरु गर्ने निर्णय गरेको र यसलाई असोजभित्रै स्वीकृतिका लागि मन्त्रिपरिषद्‌मा पेस गरिने ती सचिवले बताए।  

कर्मचारीहरूले गरेको संशोधित दरबन्दी स्वीकृतिको निर्णय भने मन्त्रिपरिषद्ले गर्नेछ। सचिवहरूको बैठकले अनावश्यक देखिएका निकाय र खारेज, गाभ्ने र हस्तान्तरणको काम पनि तत्कालै सुरु गर्ने निर्णय गरेको छ।  

एक सचिवका अनुसार संख्यात्मक हिसाबले १० हजारभन्दा धेरै दरबन्दी कटौती हुनेछ। 

सचिवहरूको बैठकले सरकार मातहतका सबै कार्यालयले तालिम, गोष्ठीहरू सरकारी भवन र हलमै गर्नुपर्ने निर्णय गरेको छ। त्यस्तै कर्मचारीले कुनै पनि बैठकको भत्ता नलिने निर्णय पनि सचिवको बैठकले गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad