राजनीति


देशविदेशका नेपालीकै सहयोगमा सिंहदबार पुनर्निर्माण गरिन्छ: मन्त्री घिसिङ

देशविदेशका नेपालीकै सहयोगमा सिंहदबार पुनर्निर्माण गरिन्छ: मन्त्री घिसिङ

क्षतिग्रस्त सिंहदरबारमा निरीक्षणका लागि पुगेका कुलमान घिसिङ। तस्बिर- घिसिङको सचिवालय


नेपालखबर
असोज १, २०८२ बुधबार १३:४६, काठमाडौँ

ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वधार तथा यातायात र सहकारी विकासमन्त्री कुलमान घिसिङले सिंहदरबारसहित सरकारी संरचना नेपालीबाटै सहयोग संकलन गरेर पुनर्निर्माण गरिने बताएका छन्।  

घिसिङको सचिवालयले यसका लागि घिसिङले सहरी विकास मन्त्रालयमार्फत संरचनागत क्षतिको यकिन गर्न कार्यदल गठन गरी काम सुरु गरिसकेको जानकारी दिएको छ।   

यसका लागि घिसिङले मन्त्री भएकै दिन ‘हाम्रा संरचना हामी आफैँ बनाऔँ’ अभियानमार्फत् घोषणा गरिसकेका छन्। घिसिङले सरकार, स्वदेश तथा विदेशमा रहेका नेपालीबाट सहयोग संकलन गरी पुनर्निर्माण गर्न अर्थमन्त्रालयलाई छुट्टै खाता सञ्चालनमा ल्याउन आग्रह गरिएको र खाता खोल्नेकाम प्रक्रियामा रहेको बताए। 

'हाम्रा संरचना हामी आफैँ बना‍औँ भन्ने नारालाई आत्मसात् गर्दै नेपालीकै सहयोगमा सिंहदरबार र सरकारी संरचना उठाउनुपर्नेछ,' कुलमानले भनेका छन्, 'सहयोग जम्मा गर्नका लागि अर्थमन्त्रालयले छुट्टै खाता सञ्चालनमा ल्याउँछ।'

भदौ २३ र २४ गतेको जेनजीको आन्दोलनका कारण मुलुककै प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारसहित सरकारी संरचना आगोलागी र तोडफोडले ध्वस्त भएका छन्।  

यसअघि मंगलबार साँझमात्रै मन्त्री घिसिङले सिंहदरबारको मुख्य भवन र गृहमन्त्रालयको स्थलगत निरीक्षण गरी क्षतिको जानकारी लिएका थिए।  

उनले कार्यालयहरूमा रङरोगन गरेर काम त्यहीँबाट सञ्चालनमा ल्याउन पनि सम्बन्धित विभाग, महाशाखालाई निर्देशकन पनि दिइसकेका छन्। 

त्यस्तै उनले सिंहदरबार परिसरमा आगजनीपछि असरल्ल रहेका गाडीलाई तत्कालै पन्छाउन पनि भनेका छन्।   
  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad