नेकपा एमलेका पोलिटब्युरो सदस्य महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीलाई चाँडै भक्तपुरस्थित घरमा लाने तयारी भइरहेको बताएका छन्।
जेनजी आन्दोलन चर्किएपछि तत्कालीन प्रधानमन्त्री ओली भदौ २४ देखि नेपाली सेनाको सुरक्षामा शिवपुरीमा छन्। कांग्रेस-एमाले गठबन्धनको सरकार ढलेर मुलुकमा नागरिक सरकार गठन भइसक्दा पनि ओली, कांग्रेस सभापति शेरबहादुर देउवालगायत शीर्ष नेता घर फर्किने वातावरण बनिसकेको छैन।
यसैबीच एमाले नेता बस्नेतले मंगलबार आफ्ना अध्यक्ष ओलीलाई ३ दिनभित्र घरमा भित्र्याउने तयारी भइरहेको दाबी गरेका हुन्।
'हामी ३ दिनभित्र प्रधानमन्त्री केपी बालाई हजारौँ जनसमुदायको उपस्थितिमा भव्य र सानदार ढंगले गृहप्रवेश गराउँदै छौँ। यसका लागि सुरक्षा निकायसँगको समन्वय र आवास व्यवस्थाको तयारी तीव्र गतिमा भइरहेको छ', बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्।
ओलीको निवास भने भदौ २४ गते जेनजी प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका छन्।
Shares

प्रतिक्रिया