राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकार गठन गर्दा दलका सदस्यलाई पनि समावेश गर्न प्रस्ताव गरेको खुलेको छ।
प्रधानमन्त्री सुशीला कार्कीले बीबीसी नेपालीसँगको विशेष कुराकानीमा यस्तो खुलासा गरेकी हुन्। तर, त्यस्तो प्रस्ताव आफूले अस्वीकार गरेको उनको भनाइ छ।
‘राष्ट्रपतिज्यूले हामीलाई के भन्नुभएको थियो भने हरेक राजनीतिक दलका एक/एक जना सदस्य लिएर निर्वाचनको बृहत् मन्त्रिमण्डल बनाउनुस् भन्नुभएको थियो,’ कार्कीले भनिन्, ‘मैले उहाँलाई त्यस्तो राम्रो हुँदैन भनेँ।’
त्यस्तै उनले अबको अबको १/२ दिनभित्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी रहेको समेत बताएकी छिन्। अनि, मन्त्रिपरिषद्को आकार १० देखि ११ सदस्यीय हुने र राजनीतिमा नरहेकालाई मन्त्री बनाउने उल्लेख गरिन्।
‘राजनीतिमा गएको (व्यक्ति) रहेछ भने त्यस्तोलाई हटाएर गैरराजनीतिक बरू कुनै संस्थामा काम गरेको अथवा सचिवहरू त्यस्तो व्यक्तिहरू जनजाति, दलित, महिला र पिछडिएको वर्ग ल्याउने पक्षमा छौँ,’ कार्कीको भनाइ छ।
Shares

प्रतिक्रिया